१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

नेम्वाङको निधनले देशलाई अपूरणीय क्षति: पूर्व राष्ट्रपति भण्डारी

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेकी छन्।

शोक वक्तव्य जारी गर्दै उनले मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वयकारी गुण भएका नेकपा (एमाले) का उपाध्यक्ष समेत रहेका नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले स्तब्ध भएको बताएकी छिन्।  

उनले नेम्वाङको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गरेको पनि शोक वक्तव्यमा भनेकी छिन्।

नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपूरणीय क्षति पुगेको पनि उनले बताइकी छिन्।  

प्रकाशित: २६ भाद्र २०८० ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App