४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशीको मुख्यमन्त्रीमा कार्कीले आजै सपथ लिने

फाइल तस्वीर

प्रदेश प्रमुख पर्शुराम खापुङले  नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई  कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी  गरेका छन्।

बिहीबार सर्बोच्च अदालतले संविधानको धारा १६८(३) अनुसार नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्न बिहीबार दिएको  परमादेश अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गर्ने तयारी गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले मुख्मन्त्री नियुक्ति र शपथ शुक्रबार साँझ ६ बजे हुने गरि समय तय भएको जानकारी दिए। प्रदेश सभाको दोश्रो निर्वाचनपछि बनेको पहिलो सरकारको पाँच महिना नेतृत्व गरेका कार्की गत असार १५ मा विश्वासको मत पाउन नसकी पदमुक्त भएका थिए। उनी पुष २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: २२ भाद्र २०८० ०९:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App