६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गगनको प्रश्न: काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउँछु भन्छन्, कोही खुकुरी हान्छन्

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने हो भन्दै प्रश्न गरेको छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर उनले अब काठमाडौंमा एक्लै हिँड्न नपाइने हो भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न गरेका हुन्।

काँग्रेस सहमहामन्त्री महेन्द्र यादवको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले भने, 'उहाँ भाग्यले बाँच्नुभएको छ, उहाँले नछल्नुभएको भए जे पनि हुन्थ्यो। सांघातिक आक्रमण गर्ने मान्छे पक्राउ परेको छ। थामथुम पार्ने प्रयास हुँदैछ। यो विषयको गहिरो अनुसन्धान हुनुपर्छ। राम्रोसँग अनुसन्धान होस्। यो संग जोडिएको सबै कुराको उजागर होस।

त्यस्तै थापाले गृहमन्त्रीलाई काठमाडौंमा एक्लै हिँड्न नहुने हो भन्दै प्रश्न गरेका छन्। 'गृहमन्त्रीलाई सोध्न चाहन्छु– काठमाडौंमा एक्लै हिँड्न नहुने हो ? कोही जलाउने भन्छ, कोही खुकुरी हान्छ।'

प्रकाशित: २१ भाद्र २०८० ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App