२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। नियमित बैठकको रुपमा बस्न लागेको आजको बैठकले बहुप्रतिक्षित सङ्घीय निजामती सेवा विधेयकलाई सङ्घीय संसदमा पठाउने निर्णय गर्ने सम्भावना रहेको बुझिएको छ।

यसअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी मन्त्रिपरिषद बैठकबाट सङ्घीय निजामती सेवा विधेयक स्वीकृत गर्दै संसदमा पठाउने बताएका थिए।

विधेयक प्रतिनिधि सभामा दर्ता भएपछि आवश्यक छलफल हुने र ऐन निर्माणको प्रक्रियामा जाने छ। यसअघि पनि सङ्घीय निजामती सेवा विधेयक संसदमा दर्ता भएपनि पछि फिर्ता भएको थियो।

बैठक दिउँसो ३ बजे बस्ने छ।

प्रकाशित: २१ भाद्र २०८० ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App