७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

मेयर शाहको सचिवालयले भन्योः सर्वसाधारणले सुरक्षाको अनुभुति गर्न सकेनन्

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले सर्वसाधारणले सुरक्षाको अनुभुति गर्न नसकेको बताएको छ।

शनिवार सामाजिक सञ्जालमा मेयर शाहले सिंहरवारमा आगो लगाइदिन्छु भन्ने विषयमा विभिन्न सञ्चार माध्यमहरूमा आएको समाचारको खण्डन गर्दै घटनाबारे जानकारी गराउँदै प्रहरीले मानवीय संवेदनशिलता नदेखाएको बताएको हो।

केहिदिन अघि सुत्केरी भएकी मेयर शाहकी पत्नी सबिना काफ्ले सवार गाडी प्रहरी चेकजाँचमा परेपछि प्रहरीले अनावश्यक केरमेट गरेको र अपराधीलाई भन्दा कडा व्यवहार गर्दै धम्की दिएको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रहरीले गाडीमा सवार सुत्केरीबारे सबै जानकारी पाएर पनि गरेको व्यवहारले सर्वसाधारणले सुरक्षाको अनुभुति गर्न सकेका छैनन्। प्रहरीले मानवीय संवेदनशिलता नदेखाएर उल्टै धम्की दिने कार्य गर्नु उचित होइन। गृह प्रशासनले यसतर्फ ध्यान दिन आवश्यक छ।’

प्रकाशित: १७ भाद्र २०८० ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App