१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल-भारतबीचको क्रिकेट हेर्न श्रीलङ्का उडे मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नेपाल-भारतबीचको क्रिकेट हेर्न श्रीलङ्का गएका छन्।

मेयर शाह आज अपराह्न ४ बजे एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलङ्का उडेका हुन्।  

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि खेलाडीको हौसला बढाउनका लागि भन्दै श्रीलङ्का गएका छन्।

श्रीलङ्काको क्याण्डीस्थित तालेकेले क्रिकेट मैदानमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।

प्रकाशित: १७ भाद्र २०८० ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App