१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन व्यवस्थापन विधेयक मस्यौदा पारित गराउन दबाब सृजना गरौंः प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदा छिटो पारित गर्न दबाब सृजना गर्नुपर्ने बताएका छन्।

आम नागरिकको आवाज निर्वाचनमार्फत मुखरित हुनेगरी आयोगले सो विधेयकको मस्यौदा तयार पारी सरकार समक्ष पेस गरेकाले त्यसलाई सदनबाट पारित गराउन आयोगले सम्बन्धित पक्षको दबाबको अपेक्षा गरिएको बताएका हुन्।  

सोमवार निर्वाचन आयोगले काठमाडौंमा गरेको छलफलमा उनले सो विधेयकको मस्यौदामाथि आम बहसको विषय बनाउनका लागि हस्तक्षेपकारी भुमिका निर्वाह गर्न सञ्चारकर्मीसहित सम्बन्धित पक्षलाई आग्रह गरे। आयोगको ध्येय सो कानून निर्माण गरी २०८४ सालको निर्वाचनलाई कसरी राम्रो निर्वाचन गर्न सकिन्छ? भन्नेतर्फ केन्द्रित रहेकाले त्यसमा आयोगलाई सञ्चारकर्मीहरुले पनि सहयोग गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाई थियो। उनले निर्वाचन व्यवस्थापनसम्बन्धि सो कानूनको मस्यौदा सरकारले छिट्टै संसदमा पेस गर्ने विश्वास व्यक्त गर्दै सो मस्यौदा जस्ताको तस्तै पारित भए नेपालको निर्वाचन सुधारको क्षेत्रमा अग्रगामी कदम हुने जिकिर समेत गरे।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘हामीले आम नागरिकको आवाज निर्वाचन शासकीय प्रणालीमा सुधार गर्ने हो भने निर्वाचन व्यवस्थापन सुधार हुनुपर्छ। निर्वाचन गतिलो भयो भने मात्रै निर्वाचनमा सदाचारिता कायम गर्न सकियो भने मात्रै हामीले खोजेको सुशासन प्राप्त हुनसक्छ भन्ने ध्येयका साथ यो ऐनको मस्यौदा तयार गरेर यो विधेयकको मस्यौदा तयार गरेर हामीले पेस गरेका छौं। त्यसकारण यसलाई छिटो, छरितो रुपमा पारित गर्नको निम्ति मैले तपाईहरुसँग चाहीँ एउटा गुणात्मक सुधारका लागि सकारात्मक हस्तक्षेप गर्नुपर्छ भन्ने उद्देश्यका साथ तपाईंहरुको एउटा सकारात्मक दबाब चाहियो। त्यो दवाव हामीमाथि पनि केन्द्रित भए हुन्छ। आयोग पनि उठोस्, जागोस्, तातोस्। यसमा के–के भन्नुपर्ने हो। हामी त्यसमा तयार छौं। अहिलेको हाम्रो एउटै ध्येय कति छिटो यो कानून आउँछ। र, २०८४ सालको निर्वाचनलाई कसरी राम्रो निर्वाचन गर्न सकिन्छ? यो कानून कार्यान्वयन गरेर भन्नेतर्फ हाम्रो अर्जुनुदृष्टि त्यतातिर सोझिएको अवस्था छ।’

प्रकाशित: ११ भाद्र २०८० १३:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App