९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुको स्वास्थ्यमा सुधार आएको छ।

शुक्रबार साँझ एक्कासि ज्वरो आएपछि शनिबार विहान उपचारका लागि वीर अस्पतालमा भर्ना भएका खेलकुदमन्त्री लिम्बुको स्वास्थ्यमा सुधार आएको हो।

मन्त्री लिम्बुका स्वकीय सचिव रोशनविक्रम राईले ज्वरो आएसँगै डेङ्गु सङ्क्रमण देखिएपछि उनी अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय मन्त्री लिम्बुको प्लेटलेट्सको मात्रा बढेको उनको भनाइ छ।

मन्त्री लिम्बु केही दिनअघि मोरङका डेङ्गु प्रभावित विभिन्न क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौं फर्किएका थिए। वीर अस्पतालमा भर्ना भएका मन्त्री लिम्बुलाई डा. ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको छ।  

प्रकाशित: ११ भाद्र २०८० ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App