१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

सुन प्रकरणबारे बन्ने उच्चस्तरीय छानबिन समितिको कार्यादेश आज टुंगो लाग्ने

सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) र संरचनाबारे आज टुंगो लाग्ने भएको छ। सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरुले सोमबार साँझ उच्चस्तरीय छानबिन समिति बनाउने सहमति गरेका थिए।  

सो समितिको कार्यादेशको मस्यौदा आजसम्म तयार पार्ने गरी दलहरुबीच सहमति जुटेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बताए।  

मङ्गलबार(आज) बिहान ११ बजेसम्म छानबिन समितिको टिओआर तयार गर्नका लागि समय दिइएको छ। टिओआर तयार गर्नका लागि नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डे सदस्य रहने गरी कार्यादेश समिति गठन गरिएको छ।  

प्रमुख प्रतिपक्षी दल एमालेले साउन १० गतेयता संसद् अवरोध गर्दै आएको छ। विमानस्थलबाट बाहिरिदै गरेको ६० किलो सुन प्रकरणमा एमालेले उच्चस्तरीय छानबिन समितिमार्फत अनुसन्धान हुनुपर्ने अडान राख्दै आएको थियो। 

प्रकाशित: ५ भाद्र २०८० ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App