१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागितामा हुनुपर्छ: प्रमुख आयुक्त थपलिया

फाइल तस्बिर

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा महिलाको सहभागिता प्रतिशतमा मात्र नभई अर्थपूर्ण हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय महिला आयोगद्वारा आयोजित ‘नेपालमा महिलाको अवस्था’ विषयक पुस्तक विमोचन समारोहमा उनले तथ्याङ्क विश्लेषण गरेर मात्र महिलाको सहभागिता निक्र्योल गर्न नहुने बताउँदै अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका हुन्।

'महिलाको सहभागिता तथ्याङ्कमा मात्र सीमित गर्नुहुँदैन। कूल जनसङ्ख्यामा आधाभन्दा बढी रहेका महिलाको निर्वाचन प्रक्रियामा सहभागिता कम छ। नागरिकता प्राप्ति, मतदाता पत्र, मतदान सङ्ख्या, क्षमता विकासलगायतका विषयले महिलाको अर्थपूर्ण सहभागितालाई प्रभाव पार्दछ,' उनले भने।

उनले निर्वाचनमा महिलाको सहभागितालाई पुस्तकले थप विश्लेषण गरेको बताउँदै निर्वाचनसम्बन्धी आधिकारिक तथ्य आयोगसँग लिन आग्रहसमेत गरे।

निर्वाचनमा महिलाको सहभागिता अभिवृद्धि गर्न पहल गरिरहेको र थप मजबुत बनाउन महिला आयोगसँग सहकार्य र समन्वय गरी अघि बढ्न निर्वाचन आयोग तयार रहेको उनले बताए।

प्रकाशित: १ भाद्र २०८० १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App