२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

भारतीय राजदूतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस

काठमाडौँस्थित भारतीय राजदूतावासले आज भारतको ७७ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरि मनाएको छ।

स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना कामना दिए।

कार्यक्रममा भारतीय दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई ५ करोड ३३ लाख रकम वितरण गरी सम्मान गरेको छ।

७७ औं स्वतन्त्रता दिवसको अवसरमा भारतका राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको  सम्बोधन भिडियोमार्फत प्रस्तुत गरिएको थियो। राष्ट्रपतिले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरूले गरेका बलिदानको स्मरण गरेकी थिइन। त्यसैगरी उनले  देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिहरूबारे चर्चा गरिन। उनले सम्बोधन गर्ने क्रममा  भारतको गाथाप्रति भारतीय डायस्पोरामा आफूले नयाँ विश्वास देखेको बताइन। राष्ट्रपति द्रौपदी मुर्मूले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवद्र्धन गर्न भारतले महत्त्वपूर्ण भूमिका खेल्दै आएको जानकारी दिइन। उनले अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी–२० को अध्यक्षताबारे उल्लेख गरिन।

कार्यक्रममा भारतीय दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले देशभक्ति गीतका साथै अन्य प्रस्तुति प्रस्तुत गरेका थिए। यो उत्सव भारतको स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा शुभारम्भ गरेको ‘आजादी का अमृत महोत्सव’ कै एक हिस्साको रुपमा रहेको हो।आजको कार्यक्रम भारतीय दूतावासको फेसबुक तथा युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।

प्रकाशित: ३० श्रावण २०८० ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App