१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले चाहेन सुन प्रकरणमा ‘उच्च स्तरीय छानबिन समिति’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरण छानबिन गर्न ‘उच्च स्तरीय छानबिन समिति’ गठन गर्नुपर्ने माग राखेर १९ दिनदेखि संसद अवरुद्ध गरेपनि नेपाली कांग्रेसले ‘समिति’ आवश्यक नभएको स्पष्ट पारेको छ। कांग्रेसले ‘सिआइबी’लाई नै सुन प्रकरण छानबिन गर्ने राज्यको उपयुक्त निकाय ठहर गरेको छ।

कांग्रेसको सोमबार सकिएको तीनदिने संसदीय दलको बैठकले समेत समिति गठनको कुरालाई बेवास्ता गरेको पाइयो। यसले केन्द्रीय  अनुसन्धान व्यूरो (सिआइबी)लाई सुन प्रकरण छानबिन गर्ने उपयुक्त निकायका रुपमा व्याख्या गरेको छ।

कांग्रेसले बैठकपछि आफ्ना निर्णयहरु सार्वजनिक गर्दै भनेको छ, ‘नेपाली कांग्रेस संसदीय दलको यो बैठक नेपाल सरकारलाई यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गर्दछ।’

कांंग्रेसले आफ्नो निर्णयमा भनेको छ, ‘यस्ता प्रकृतिका अपराध जन्य कार्यका लागि अनुसन्धान, छानबिन र अभियोजन गर्ने प्रयोजनका लागि नै गठित भएको केन्द«ीय अनुसन्धान व्यूरो (सीआइबी)लगायत सरकारी निकायहरुले छानबिन गरी अनुसन्धान गरी रहेको छ।’

कांग्रेसले यस्ता घटनाले थप चिन्तित बनाएको  उल्लेख गर्दै भनेको छ, ‘यस्ता गैरकानूनी कार्य निस्तेज एवं पूर्णरुपले नियन्त्रण हुनु पर्दछश्र यस्ता कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानबिनको दायरा भित्र ल्याईकानूनी कारबाही गर्नु पर्दछ।’

कांग्रेसले त्रिभुवन विमानस्थल जस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट नै अवैध ढङगले सुन बाहिरिनु गम्भीर चिन्ताको बिषय भएको जनाएको छ।

प्रकाशित: २९ श्रावण २०८० ११:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App