१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जनजातिको मागप्रति ऐक्यबद्धता जनाउन जनमत पार्टी सडकमा

डा.चन्द्रकान्त राउत (सिके राउत) नेतृत्वको जनमत पार्टीले सडकमा भेला भएर आदिवासी जनजातिहरूको मागप्रति ऐक्यबद्धता जनाएको छ।

विश्व आदिवासी दिवसको अवसर पारेर आज सो पार्टीका नेताहरूले काठमाडौको माइतीघर मण्डलामा भेला भई आदिवासी, जनजातिहरूले सरकारसँग राखेका मागप्रति ऐक्यबद्धता जनाएका हुन्।

आफ्नो पार्टी पनि आदिवासी, जनजाति, मधेसी समुदाय र पिछडिएका समुदायहरूको हक, अधिकारका लागि लड्ने भएकाले त्यसमा ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा भेला भएको पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले जानकारी दिए।

कार्यक्रममा जनमत पार्टीका नेताहरूले संविधानमा उल्लेख गरिएका आदिवासीहरूको वर्गीकरणलाई मानेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए। त्यस अवसरमा प्रवक्ता यादवले आदिवासी जनजातिहरूको भावनामा चोट पुग्ने कुनै पनि गतिविधि नगर्न पनि सबैलाई आह्वान गरे। 

प्रकाशित: २४ श्रावण २०८० १०:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App