२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

झापाको अर्जुनधारामा एमाले विजयी

झापा-नेपाली काँग्रेसका जिल्ला सभापति उद्धव थापाको गृहनगर अर्जुनधारामा एमालेका प्रमुख, उपप्रमुख पदका उम्मदेद्वार विजयी भएका छन् । प्रमुख पदमा एमालेका हरिकुमार राना र उपप्रमुख कमला आचार्य विजयी भएका हुन् ।


एमालेका प्रमुख हरिकुमार राना १३ हजार ८ सय ७९ मत ल्याई प्रमुख निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हेमप्रसाद खरेलले ९ हजार ६ सय ४१ मत प्राप्त गरे । उप प्रमुखमा एमालेकी कमला आचार्य १२ हजार ८ सय ३१ मत ल्याई विजयी भएकी छन् । उनकी निकटतम प्रतिद्धन्द्धी काँग्रेसकी सरस्वती सिटौलाले १० हजार ५ सय ७९ मत मात्र प्राप्त गरिन् ।

११ वटा वडा रहेको अर्जुनधारा नगरपालिकामा तीन वटा वडा काँग्रेसले हात पारेको छ भने अरु सबै वडा एमालेको पोल्टामा गएको छ । वडा नम्बर १ मा एमालेका गजाधर खतिवडा, २ मा रघुनाथ खनाल, ३ मा काँग्रेसका जीवन भण्डारी, ४ मा एमालेका दुर्गाप्रसाद दाहाल, ५ मा ध्यानबहादुर भारती, ६ मा लोकनाथ गौतम, ७ मा काँग्रेसका नवीन ढुंगाना, ८ मा गोपीचन्द्र गौतम, ९ मा एमालेका पुष्प प्रसाईँ, १० मा बलदेव गोम्देन र ११ नम्बर वडामा भैरवबहादुर खड्का निर्वाचित भएको निर्वाचन अधिकृत राधाकृष्ण खतिवडाले जानकारी दिए । एमालेको वर्चश्व रहेको अर्जुनधारा नगर यसअघि संविधान सभा चुनाव जितेका सांसद प्रेम गिरीको क्षेत्र हो । यससँगै एमालेले झापामा ६ नगर र १ गाउँपालिका हात पारेको छ ।

प्रकाशित: २५ असार २०७४ १७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App