१ चैत्र २०८२ आइतबार
image/svg+xml
खेल

टी-२० विश्वकप: भारतको अपराजित यात्रामा ब्रेक, दक्षिण अफ्रिकासँग ७६ रनले पराजित

जारी टी-२० विश्वकप अन्तर्गत सुपर-८ को तेस्रो खेलमा भारत दक्षिण अफ्रिकासँग ७६ रनले पराजित भएको छ।

जारी विश्वकपमा भारतको यो पहिलो हार हो। आइतबार गुजरात, अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याएको भारतले १८.५ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनायो।

भारतका लागि शिवम दुवेले सर्वाधिक ४२ रन बनाएर आउट भए। त्यस्तै, भारतका कप्तान सूर्यकुमार यादव १८ रन बनाएर आउट भए।

अफ्रिकाका लागि केशव महाराजले ३ विकेट लिए।

त्यसअघि, टस जितेर ब्याटिङ गरेको अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको हो।

अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ६३ रन बनाए। भारतका जसप्रीत बुमराहले ३ विकेट लिए। आजै भएको पहिलो खेलमा श्रीलंका इंग्ल्यान्डसँग पराजित भएको छ।

प्रकाशित: ११ फाल्गुन २०८२ ०६:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App