२६ कार्तिक २०८३ बिहीबार
image/svg+xml
समाज

पटका पड्काउँदा बालक घाइते

पटका पड्काउँदा एक बालक घाइते भएका छन्। पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ वर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका पड्काउने क्रममा आगोको झिल्का उछिट्टिएर बालकको कपडामा आगलागी  भएको थियो।

पटका पड्काउने क्रममा बुधबार साँझ आगलागी हुँदा बालकको  छातीभन्दा तलको भाग जलेको जनाइएको छ। आगलागीबाट घाइते बालकको भरतपुर अस्पतालमा उपचार हुँदै छ। घाइतेको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक पौडेलले बताए।  

प्रकाशित: २६ कार्तिक २०८३ ०९:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App