७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

फेसबुकबाट स्पष्टिकरण दिँदै महराले भने- 'सुन प्रकरणमा मेरो संलग्नता छैन'

नौ किलो सुन प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले उक्त प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन्।

महराले सामाजिक संजाल फेसबुकमा आज  एक स्टाटस राख्दै आफ्नो संलग्नता नभएको दोहोर्याएका हुन्। उनले यसअघि पनि सुन प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका थिए।  

महराले फेसबुकमा स्टाटसमा चिनियाँसँग आफूले फोन नगरेको र  उल्लेख गरिएका फोन नम्बरसमेत आफ्नो नभएको बताएका छन्। उनले यस सम्बन्धमा आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन्। महराकाे छाेरा राहुल महराकाे नाम पनि यस प्रकरणमा जाेडिएकाे छ। तर महराले फेसबुक स्टाटसमा छाेराकाे विषयमा भने बाेलेका छैनन्। त्यसाे त प्रहरीले पनि महरा बाबुछाेरालाइ सामान्य साेधपुछ समेत गरेकाे छैन। 

फेसबुकमा महरा लेख्छन्, 'केहि दिन यता संचारमाध्यम बाट सुन प्रकरण मा मेरो नाम जोडिएर आईरहेको  बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु । जहा सम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै  आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने  प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रम मा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।'

गत पुस १० गते विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याइएको ९ किलो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफतगरेको थियो। उक्त सुन छुटाउन महारको बाबुछोराले  भन्सार अधिकृतलाइ पटक पटक फोन गरेर दबाब दिएको खुल्न आएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिएका थिए।

प्रकाशित: १८ श्रावण २०८० ०५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App