खोटाङ – खोटाङको दिप्रुङ गाउँपालिकामा कांग्रेस विजयी भएको छ । ११ सय मत अन्तरले एमालेलाई पछि पार्दै कांग्रेसका भूपेन्द्र राई गाउँपालिका प्रमुखमा बिजयी भएका हुन् । राईले २९०२ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका अर्जुन रोकाले १८०२ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा २२५१ मत ल्याएर कांग्रेसकै सपना राई उपप्रमुखमा विजयी भएकी छन् । सपनाका प्रतिद्वन्द्वी एमालेकी अम्बिका राईले १९८१ मत ल्याएका छन् । निर्वाचनमा माओवादी केन्द्रका प्रमुखका उम्मेद्वार दिपक पाण्डेले १७१२ र उपप्रमुख कल्पना राईले १८६७ मत ल्याएका छन्।
दिप्रुङ गाउँपालिका–१ याम्खामा कांग्रेसका शमसेरबहादुर कार्कीको प्यानल, दिप्रुङ गाउँपालिका–२ डाँडागाउँमा एमालेका भीम खत्रीको प्यानल, दिप्रुङ गाउँपालिका–३ छोरम्बुमा कांग्रेसका इन्द्रबहादुर बस्नेतको प्यानल विजयी भएका छन् । यस्तै, दिप्रुङ गाउँपालिका–४ बतासेमा एमालेका लोकेन्द्र राई, दिप्रुङ गाउँपालिका–५ सप्तेश्वरछितापोखरीमा कांग्रेसका पुर्णबहादुर खड्का, दिप्रुङ गाउँपालिका–६ छितापोखरीमा एमालेका मिलन राई र दिप्रुङ गाउँपालिका–७ टेम्मामा कांग्रेसका ७७ वर्षीय धनबहादुर थापा मगर वडाध्यक्षमा निर्वाचित भएका छ्न ।
प्रकाशित: १७ असार २०७४ ११:२७ शनिबार





-1200x560-600x400.jpg)