५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रतिकुल वकपत्रकाका कारण फौजदारी मुद्दामा न्याय दिन कठिनाइ भयोः प्रधानन्यायाधीश कार्की

फाइल तस्बिर

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पीडित र पीडितको साक्षिको संरक्षण गर्न नसक्दा फौजदारी मुद्दाका पीडितहरुलाई न्याय दिन नसकिएको बताएका छन्।

मंगलबार इन्सेकले ३१ औँ प्रकाश स्मृति दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश कार्कीले पीडित र साक्षिहरुको संरक्षण गर्न नसक्दा उनीहरुलाई फौजदारी मुद्दामा न्याय दिन नसकिएको बताएका हुन्। 

उनले पीडित र पीडितका साक्षिको संरक्षणको विषय संविधानमा नै उल्लेख भएको भएपनि उनीहरुको संरक्षण सार्थक रुपमा हुन नसकेको बताए। पीडितको संरक्षण गर्न नसक्दा प्रतिकुल वकपत्र आउने गरेकोले न्याय दिन कठिनाइ भएको उनले बताए। उनले आर्थिक, सामाजिक र शैक्षिक रुपमा पिछडिएको कारणले पनि प्रतिकुल वकपत्र दिनुपर्ने अवस्थामा पीडितहरु पुगेका बताए।उनले भने, ‘फौजदारी न्याय प्रशासनमा सबभन्दा ठूलो चुनौति, अहिले हामीले संविधानमा पीडितको न्यायको हक पनि राखेका छौँ। पीडितलाई न्याय दिने हक पनि राखेका छौँ। र पीडितको न्यायको हकभित्र पीडितको संरक्षण पर्दछ। पीडितका साक्षिहरुको संरक्षण पनि पर्दछ। संरक्षण सम्बन्धी कानून पनि ल्याएका छौँ । तर हामीले पीडितहरुको संरक्षण सार्थक रुपमा गर्नसकेका छौँ कि छैनौँ? यो गम्भिर प्रश्न छ। हामीले पीडितहरुको संरक्षण गर्न नसकेका कारण, पीडितका साक्षिहरुको संरक्षण गर्न नसकेको कारणले आज हामी प्रतिकुल वकपत्रमा छौँ। प्रतिकुल वकपत्रको ठूलो चुनौति अहिले अदालतले सामना गर्नु परिरहेको छ। प्रतिकुल वकपत्र जो आफूले भनेको कुरा आफ्नै बिरुद्धमा हुने गरेर अदालतमा गएर बोल्ने। हिजो उजुरी दिदाँ एउटा दिने तर आज अदालतमा जाँदा साक्षिले पनि, पीडितले पनि, सबैले त्यसको प्रतिकुलमा गएर आफैँले भनेको कुराको बिरुद्धमा गएर वकपत्र गएको कारणले गर्दा अदालतले न्याय दिनलाई कठिनाइ उत्पन्न भइराखेको छ। यो आर्थिक, सामाजिक, शैक्षिक कारण हुनसक्छ। आर्थिक, सामाजिक र शैक्षिक रुपमा पीछडिएको कारणले गर्दा उहाँहरुले त्यो खालको बकपत्र गर्नुपर्ने आवश्यकता सायद परिरहेको छ। यसले गर्दा न्यायमा कठिनाइ हुन्छ। न्याय नपाउन सक्छन्। र समाज असुरक्षित हुनसक्छ। यो खालको अवस्था हामीले झेलिरहेका छौँ।’

प्रकाशित: १६ श्रावण २०८० ११:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App