२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

शहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर व्यवस्थापन होः मन्त्री गुरुङ

फाइल: तस्बिर

शहरी विकास मन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छिन।

आज सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले शहर व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापन भएको बताएकी हुन । उनले शहर व्यवस्थित बनाउन नागरिकहरू आफैँ सचेत बन्नुपर्ने बताइन।मन्त्री गुरुङले स्थानीय तहसँग समन्वयकारी भुमिका निर्वाह हुन नसक्दा पनि शहर व्यवस्थापन चुनौती बनिरहेको बताइन।उनले भनिन, ‘शहर एकदमै राम्रो होस् जहाँ तपाइहरूले परिकल्पना गरेको भन्दा पनि आहा भन्ने शहर होस् भनेर लागेको छ। तर त्यो शहरलाई व्यवस्थित बनाउन सबैभन्दा ठूलो समस्या फोहोर व्यवस्थापनको भइरहेको छ । हामी सबै जना कुरा गर्दा सहजै गर्छौं । हामी विदेश जाँदा यहीँ देखि टिस्यु पेपर किनेर, फोहोर भएपछि राख्छौँ तर नेपालमा एयरपोर्टमा आउने बित्तिकै फालेर हिँड्न थाल्छौँ । यसमा नागरिक नै हामी सचेत हुनुपर्छ । स्थानीय तहसँग समन्वयकारी भुमिका निर्वाह हुन सकेको छैन।’

मन्त्री गुरुङले उद्देश्य र थालनीको तादम्यता नमिल्दा विकास निर्माणका काम पूरा हुन नसकेको बताइन । उनले अन्तरमन्त्रालयबीचको समन्वय प्रभावकारी बन्न नसकेको स्वीकार गरिन । उनले अन्तर मन्त्रालय र अन्तर विभागबीचको समन्वय पारस्परिक बन्न नसक्दा विकास निर्माणले गति लिन नसकेको बताइन।

मन्त्री गुरुङले अन्तर मन्त्रालय समन्वयका लागि तत्काल समस्या समाधान गर्ने संयन्त्र बनाउन जरुरी रहेको बताइन ।  

प्रकाशित: २० असार २०८० १०:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App