१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर

सत्ता गठबन्धनको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो।  

आजको बैठकमा जनमत पार्टीलाई सरकार ल्याउने बिषयमा छलफल हुँदैछ। त्यस्तै बैठकमा कोशी प्रदेश सरकार गठनको विषयमा छलफल हुँदैछ।

गत असार १४ गते कोशी सरकार ढलेसँगै प्रदेश प्रमुख परशुराम खापुङ्गले असार २१ गतेसम्म सरकार गठनको म्याद दिएका छन्।

अहिले काठमाडौं आएका कोशीका गठबन्धनका नेताहरूले आफ्ना शीर्ष नेताको निर्णय पर्खिरहेका छन्। 

प्रकाशित: १८ असार २०८० ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App