१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

सशस्त्रको गोलीबाट स्थानीय मारिएपछि नमोबुद्ध–४ मा निर्वाचन हुन सकेन

बनेपा— निर्वाचनमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले चलाएको गोलीबाट स्थानीयको मृत्यु भएपछि नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा मतदान सुरु हुन सकेको छैन।
सशस्त्र प्रहरीले चलाएको गोलीबाट कृषि पेशा गर्दै आएका नवराज पाठकको शनिबार साँझ मृत्यु भएको थियो।

भकुन्डेबेसीबाट तिमाल जाने बाटो सिद्धि विनायक बस्तीमा सशस्त्रले हिजो साँझ गोली चलाउँदा पाठकको मृत्यु भएको हो।

ट्र्याक्टर चालकसमेत रहेका उनलाई प्रहरीले गुण्डा भनेर गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। वडा नम्बर ४ का लागि मतदान केन्द्र जनकमावि तोकिएको थियो। मतदान केन्द्रमा मतदाता उपस्थिति छैन।

मुख्य दलका स्थानीय नेता एवं प्रशासनबीच मतदान सुचारु गर्नेबारे वार्ता भइरहेको छ। भकुन्डेबेसीबाट तिमाल जाने बाटो सिद्धि विनायक बस्तीमा सशस्त्रले हिजो साँझ गोली चलाउँदा पाठकको मृत्यु भएको हो।

गोली लागेर घाइते भएका उनलाई प्रहरीको गस्ती गाडीमा राखेर धुलिखेल अस्पताल पु¥याइएको थियो। ३०७ मतदान केन्द्रमध्ये ३०५ वटामा मतदान भइरहेको छ।
 

प्रकाशित: ३१ वैशाख २०७४ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App