नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राजश्व र करको भरमा मात्रै देश चल्न नसक्ने बताएका छन्।
बुधवार प्रतिनिधि सभामा आर्थिक विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले मुलुकमा अब प्रगतिशिल कर प्रणाली लागू गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले सरकारको राजश्वको स्रोत सवारी आयात,मदिरा आयात,मदिरा उत्पादनमा अन्तशुल्क,जग्गा निजी प्लटिङमा रनिस्टेशन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो नभएको बताए। सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्ने उनको भनाइ छ।
उनले भने,‘सरकारको राजश्वको स्रोत सवारी आयात,मदिरा आयात,मदिरा उत्पादनमा अन्तशुल्क,जग्गा निजी प्लटिङमा रनिस्टेशन शुल्क र पुँजीगत लाभ कर यो स्रोत भरपर्दो होइन। सरकारले कृषि उद्योग र उत्पादनलाई जोड दिई देशलाई आत्मनिर्भर बनाउनुपर्छ। राजश्व र करको भरमा देश चल्दैन। मुलुकमा प्रगतिशिल कर लागू गर्नुपर्छ। एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक हुन्छ। तर देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै हुन्छ। प्रगतिशिल कर प्रणाली नहुँदाको परिणाम हो। देशलाई आर्थिक रुपले सवल बनाउन जरुरी छ।’
उनले एउटै उद्योगी व्यापारीको ४० अर्ब नाफा भएको सार्वजनिक भएपनि देशभरको आयकर जोड्दा जम्मा ९४ करोड मात्रै रहेको बताए। उनले आयकर ९४ करोड मात्रै हुनु प्रगतिशिल कर प्रणाली नहुँदाको परिणाम भएको बताए।
प्रकाशित: १३ असार २०८० १२:०० बुधबार





