७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुगुको उम्मेदवारका प्रतिबद्धता : सिचाईदेखि केबुलकारसम्म

निर्वाचन सामग्री सहित गाउँतर्फ जाँदै मतदानमा खटिएका कर्मचारीहरु । तस्बिर : सुमन मल्ल

मुगु – जिल्लाको एक नगरपालिका र तीन गाउँपालिकाका प्रमुख तथा उपप्रमुखका उम्मेद्वारहरूले आफ्नो  चुनावी घोषणापत्रमा  निकै नै महत्वाकांक्षी नाराहरु समेटेका छन् ।

छायाँनाथ रारा नगरपालिकामा नेपाली प्रमुख पदको उम्मेदवार बनेका हरिजंग शाहीको  घोषणापत्रमा सडक, खानेपानी, शिक्षा, कृषि, पर्यटन लगायतका दर्जनौ नारा तथा प्रतिबद्धता उल्लेख गरिएको छ । नगरपालिकाका सबै बस्तिहरु जोड्ने गरी चक्रपथ निर्माण गर्ने, सदरमुकामदेखि सदरमुकाम बाहिर रहेका पर्यटकीय क्षेत्रसम्म पर्यटन पद मार्ग विस्तार गर्ने, मुगु कर्णालीबाट विद्युत उत्पादन गर्ने, जिल्ला भित्र वितरण गरी जिल्ला बाहिर निर्यात गर्ने आदि घोषणापत्रमा उल्लेख छ । जिल्ला भित्र व्यवसायिक जडिबुटी खेति तथा प्रशोधन र बजारीकरणको व्यवस्था गर्ने लामा जनजातीहरूको परम्परागत आम्जी चिकित्सा पद्दतीको संरक्षण तथा आधुनिकीकरण गर्ने शाहीका प्रतिबद्धता हुन । मिलिचौरदेखि चुचेमा लेक, ताल्चा विमान स्थल र मुर्माटपसम्म केबुलकार सञ्चालन तथा हरेक वस्तीमा इन्टरनेटको पहुँच विस्तार गने, भ्रष्ट्राचारमा शुन्य सहनशिलता अपनाउने लगायतका दर्जनौ महत्वाकांक्षी  आश्वासनहरू घोषणा पत्रमा छन् । 

नेकपा एमालेबाट नगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका जितबहादुर मल्ल र उप प्रमुख पदका उम्मेदवार सुन्तला रोकायाका पनि उस्तै महत्वाकांक्षी आश्वासनहरु छन् । उनका घोषणा पत्रमा नगरपालिकाका सबै वडा वस्तिहरूमा आवास, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सडक, सिचाई, कृषि, पशुपालन रोजगारलाई व्यवस्थित गर्न अल्पकालिन पाँच वर्षे र दिर्घकालिन २० वर्षे गुरु योजना तयार गर्ने घोषणा पत्रका प्रतिबद्धता हुन् ।  साना तथा लघु उद्यमलाई प्राथामिकता दिई स्वरोजगारका सिर्जना गर्न आगामी दुई वर्ष भित्र नगरपालिका क्षेत्रमा साबुन, अगरबत्ती, फलफुलको जुस, घरेलु राडी पाखी, दन्तमञ्जन, तथा जडिबुटी प्रशोधन गरी आर्युवेदिक औषधी उत्पादनको क्षेत्रलाई विशेष प्राथामिकतामा राखेर आयातमुखी पद्धतीलाई विस्थापित गराउने उल्लेख छ । नगरपालिकाका सबै वडाहरुमा कालोपत्रे पक्की सडक जोड्ने तथा नगर भित्र नगर बस सञ्चालनमा ल्याइने घोषणा पत्रमा उल्लेख छ ।

नेकपा माओवादी केन्द्रबाट नगरपालिकामा उपप्रमुखका उम्मेदवार बनेका सुरबहादुर बुढाका पनि उस्तै खाले प्रतिबद्धता छन । कर्णाली नदिबाट एक हजार मेगावाट क्षमताको विद्युत उत्पादन गरी जिल्लाभर विद्युतिकरण विस्तार गरी बचेको विद्युत छिमेकी जिल्लामा निर्यात गर्ने घोषणा पत्रमा उल्लेख छ । जिल्लामा आधुनिक तथा व्यवसायिक शिक्षाका लागि कृषि विश्व विद्यालय तथा अनुसन्धान केन्द्रको स्थापना गरिने, सबै गाउँ बस्तिमा सडक सञ्जालसंग जोड्ने लगायतका दर्जनौ महत्वाकांक्षी प्रतिबद्धताहरू घोषणापत्रमा उल्लेख गरिएका छन । गाउँपालिकामा दलहरूका उम्मेदवारहरूले पनि सोही घोषणा पत्रलाई आत्मसाथ गरेका छन् । सदरमुकामसँग सडक यातायातमा नजोडिएका तीनवटै गाउँपालिकामा उम्मेदवारहरुले आफू निर्वाचित भए सडक सञ्जालमा छिट्टै जोडे, विद्युतीकरणलाई प्राथामिकतामा राख्ने, कषि, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका विषयहरुलाई नै चुनावी अजेण्डा बनाएका छन् ।

बजार सुनसान गाउँमा चहल पहल
स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा सदरमुकाम गमगढी बजार सुनसान  बनेको  छ । चुनाव प्रसार प्रचार तथा आफ्नो पक्षमा कसरी जित हात पार्न सकिन्छ भनेर राजनितीक दलहरु उम्मेदवार पाटी नेता कार्यकर्ता सहित गाउँ पसे पछि बजार सुनसान र गाउँमा चहल पहल देखिएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सदरमुकाम बाहिर रहेका तीनवटा गाउँपालिकामा रहेका मतदान केन्द्रमा मंगलवारबाट कर्मचारी खटाए पछि सदरमुकाम झन सुनसान देखिएको हो । सदरमुकाम देखि टाढा रहेका मतदान केन्द्रका लागि मंगलवार नै सुरक्षा कर्मि सहित कर्मचारी खटाईएको र सदरमुकाम तथा नगरपालिकामा रहेका मतदान केन्द्रका लागि बुधवार विहान देखि कर्मचारी पठाईएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित: २७ वैशाख २०७४ ०९:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App