५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असार १४ गते विश्वासको मत लिने

फाइल तस्बिर

कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असार १४ गते विश्वासको मत लिने भएका छन्।

आइतबार साँझ बसेको मन्त्रिपरिषद्ले विश्वासको मत लिने प्रयोजनका लागि असार १४ गते प्रदेशसभाको विशेष अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको कोशी प्रदेश सरकारका प्रबक्ता भक्तिप्रसाद सिटौलाले जानकारी दिए।

सिटौलाका अनुसार आइतबार साँझ मन्त्रीपरिषद्ले प्रदेशसभाको विशेष अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णयबारे प्रदेश सरकारले सोमबार विहान प्रदेश प्रमुखलाई जानकारी गराएको छ।

‘असार १४ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वानका लागि मन्त्रिपरिषद्ले गरेको निर्णय बारे प्रदेश प्रमुखलाई आज विहान जानकारी गराएका छौं ’ मन्त्री सिटौलाले भने।

माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की अल्पमतमा छन्। अल्पमतमा परेका उनले अध्यादेश मार्फत जेठ ३२ गते प्रदेशको बजेट ल्याएका थिए। कोशी प्रदेशसभाका ९३ जना सांसद मध्ये सत्ता पक्षमा हाल एमालेका ४० र राप्रपाका ६ जना  गरी ४६ जना सांसद मात्रै छन्। बहुमतका लागि प्रदेशसभामा ४७ जना सांसद आबश्यक पर्दछ। विपक्षी गठबन्धनमा भने सभामुख सहित ४७ जना सांसद छन्। जसमा नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३ , नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना छन्।  

प्रकाशित: ११ असार २०८० ०८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App