५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमाले सरकार बनाउन हत्तारिँदैन, मौका आए छोड्दैनः रघुजी पन्त

फाइल तस्बिर

नेकपा एमालेका सांसद रघुजी पन्तले एमाले सरकार बनाउन नहतारिने तर मौका आए नछोड्ने बताएका छन्।  

आइतबार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारको अहिलेको काम कारबाहीसँग जनता सन्तुष्ट नभएकाले नेकपा एमाले र नेपाली काँग्रेसको प्रभावकारी सरकार बनोस् भन्ने जनताको चाहना रहेकाले अहिले बजारमा विभिन्न टिका टिप्पणी भइरहेको बताए।

उनले नीति कार्यक्रम र बजेट फेल भए सरकार फेल हुने अहिलेसम्मको मान्यता रहेको बताए। अहिलेको सरकार एमालेले ढाल्नु नपर्ने बरु आफैँ असन्तुष्टि पोख्दै सरकार ढल्ने उनको भनाइ छ।

उनले भने, ‘अहिलेसम्मको प्रचलित कुरा के हो भने नीति कार्यक्रम फेल भयो भने र बजेट फेल भयो भने सरकार फेल हुन्छ भन्ने मान्यता छ, त्यो मान्यतालाई फेर्ने प्रयत्न गरेको, सरसल्लाह गरेको जस्तो त लाग्दैन। बजेटमा परिवर्तन पनि हुँदैन। बजेट पास गरिसकेपछि परिवर्तन गर्नुहोला त्यो उहाँहरुको कुरा भयो। तर सामान्यतया संसदबाट पारित गरेको बजेट हेरफेर गर्न नमिल्ने हो। यो गठबन्धनको सरकार हामीले गिराउनै पर्दैन। उहाँहरुको अन्तरबिरोधबाटै सरकार ढल्छ। अहिलको सरकारको जुन खालको पर्फमेन्स छ, परराष्ट्रमामिलादेखि घरेलुमा र जनतालाई सुविधा दिने कुरामा यो सरकार प्रभावकारी बन्न नसक्दा जनतामा बलियो प्रभावकारी सरकार आओस् भन्ने चाहना छ। एमालेले सरकार बनाउन हतारिनु हुँदैन, मौका आए छोड्नु हुँदैन।’

सांसद पन्तले बजेट परिवर्तन हुने सम्भावना नरहेको बताए।    

प्रकाशित: १० असार २०८० १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App