१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपप्राध्यापक चलाउनेको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्नुपर्छः योगेश भट्टराई

फाइल तस्बिर

नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेविरुद्ध लगाइएको मुद्दा फिर्ता लिने निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।

उपप्राध्यापक चलाउनेविरुद्ध ज्यान गर्ने उद्योग अन्तरगतको मुद्दा काँग्रेस निकट विद्यार्थी संगठनमा आवद्ध नविसंघका विद्यार्थीहरुले खेपिरहेका थिए। सो मुद्दा फिर्ता गर्ने निर्णय गरेर सरकारले दण्डहिनता निम्त्याएको उल्लेख गर्दै त्यसलाई तत्काल खारेज गर्न सचिव भट्टराईको सरकारसँग माग थियो।

उनले सदाचारको पक्षमा सधैं उभिने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो मुद्दा फिर्ता लिने निर्णयमा कसरी हस्ताक्षर गर्न सक्नु भयो? भनि प्रश्न समेत गरे।

बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले देश बनाउने जिम्मेवारी पाएको काँग्रेस र एमाले जस्ता ठूलो पार्टीका प्रतिनिधिहरुले नै मुलुकमा दण्डहिनताको स्थिति सृजना गर्ने काम गर्न नहुने बताए।

सचिव भट्टराईले भने, ‘प्लीज, तपाईले यो निर्णय फिर्ता लिनुस्। र, तपाईले आफ्नो पुरानो प्रतिवद्धता, मान्यता हो। त्यसमा उभिनुस। त्यसले नै हामी जुन पार्टीलाई प्रतिनिधित्व गरिरहेका छौं नेपाली काँग्रेस, नेकपा एमाले। यस्ता ठूला राजनीतिक दलहरुले नै यस्ता बेथितिहरुको, दण्डहिनताको स्थिति तपाई–हामीले नै सृजना गर्ने हो भने यो देश कसले बनाउँछ? यदि तपाई–हामीनै त्यो गर्ने हो भने यो देश कसले बनाउँछ। यो देश कर्ता जाँदैछ? यो व्यवस्था, यो संविधान हामीलाई समर्थन गरेर आम जनताले दिएको त्यो अपार विश्वास, हिजोको लोकतान्त्रिक आन्दोलनहरुको दिएको साथहोस्। यदि हामीले त्यसमाथि खेलबाड गर्छौैैैैैै भने यो देश वास्तवमा गलत दिशातिर जान्छ। त्यसकारण आज म पहिलो त्यो कुरा राख्न चाहन्छु सभामुख महोदय।’

प्रकाशित: ६ असार २०८० १०:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App