१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

ठ्याक्कै यतिबेला किन समाजावादी मोर्चा चाहियो, विचारणीय पक्ष छः सांसद बडू

नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा बनाएर हामी पनि संगठित छौँ भन्ने सन्देश दिन खोजिएको बताएका छन्।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले नै किन समाजवादी मोर्चा चाहियो भन्नेकुरा विचारणाीय रहेको उल्लेख गरे। सांसद बडूले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको महशुस आफूलाई भएको बताए।

उनले भने, ‘ठ्याक्कै यतिबेला यो किन महशुस भयो यो पनि एउटा विचारणीय पक्ष हो। एउटा राजनीतिक दृष्टिकोणले पनि मलाई लाग्छ, एउटा वातावरण बनाउन खोजेको होला। किनभने हामी पनि संगठित भएका छौँ, हाम्रो पनि तागत यति छ, भन्ने एउटा म्यासेज दिने एउटा उद्देश्य होला। त समाजवादतर्फ मुलुकको अभिष्ट हो, लक्ष्य हो भन्नेकुरालाई भनेका छन्। छरिएर बस्नुभन्दा एक ठाउँमा आउनु राम्रो हो।’

प्रकाशित: ५ असार २०८० १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App