१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

समाजवादी मोर्चा वृद्धहरुको क्लवः योगेश भट्टराई

फाइल तस्बिर

नेकपा एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले समाजवादी मोर्चा वृद्धहरुको क्लव भएको बताएका छन्।  

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समाजवादी मोर्चा प्रौढहरुको क्लव भएको बताएका हुन्।

उनले समाजवादको धारणामा एकरुपता हुन नसकेकाहरुको मोर्चा धेरै समय नटिक्ने दाबी गरे। उनले मोर्चामा संविधान च्यात्नेसम्म रहेको उल्लेख गर्दै संविधानप्रति समान दृष्टिकोण नरहेकाहरुको मोर्चाले उपलब्धि दिन नसक्ने बताए। उनले समाजवादी मोर्चा बनाएका दलहरु अस्तित्वको संकटमा रहेको बताए।

उनले भने, ‘समाजवादी मोर्चा भनेर बनाउनुभएको छ, समाजवादको धारणाप्रति नै उहाँहरुको एकरुपता छ त? समाजवादमा पुग्ने बाटोमा एकरुपता छ त? उपेन्द्र यादवजीले समाजवादमा पुग्ने बाटो र नेत्रक्रिम चन्दले समाजवादमा पुग्ने बाटो एउटै छ? तरिका एउटै हो? संविधानप्रति उहाँहरुको समान दृष्टिकोण छ? संविधान च्यात्नेहरु पनि त्यहीँ हुनुहुन्छ। कस्तो मोर्चा हुन्छ त्यो? यो प्रौढहरुको क्लव हो। यसमा इतिहासको बखान हुन्छ। मेरो पालमा यो, मेरो पालामा यो। यो बुढाहरुको क्लव हो। भविष्यको सपना केही पनि छैन। समाजवादी मोर्चा बनाएर दलहरु अस्तित्वको संकटमा छन्। मोर्चा पछि आफैँ झगडा गर्दछन्, छुट्टिन्छन्।’

प्रकाशित: ५ असार २०८० १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App