गीतकार कमला घिमिरेकाे बालगीत मेराे देश सार्वजनिक भएकाे छ। रामप्रसाद अधिकारी संरक्षक रहेकाे गीतमा बलराम समालले एरेन्जर गरेका हुन्।
उक्त गीत ड्रिमसन राना मगर र सुविज्ञा पाैडेलले मन छुने शैलीमा गाएका छन्।
गीतकाे शब्द यस्ताे रहेकाे छ,
विश्वमा नै सर्वाेत्कृष्ट छ यो मेरो देश
चार जात छत्तिस वर्ण बगैँचाझैं भेश
चार जात छत्तिस वर्ण बगैँचाझैं भेश
टलटल टल्किरहने सगरमाथा मेरै साथी बनी
मुस्कुराउने हिमाल कति धेरै साथी बनी
मुस्कुराउने हिमाल कति धेरै रहेकाे छ।
गीतकार घिमिरे शिक्षा क्षेत्रमा आबद्ध छिन्। उनका यसअघि साथी, पुतली र मादलको ताल जस्ता दर्जनाै बालगीत रेकर्ड भएका छन्।
लमजुङमा जन्मिएर काठमाडौंमा बसोबास गर्दै आएकी साहित्यकार घिमिरे गीत, बालगीत, मुक्तक, हाइकु, लघुकथा, गजल जस्ता साहित्यका विविध विधामा कलम चलाउँछिन्।
‘महको महलमा’ (हाइकुसङ्ग्रह,२०७९), ‘मामाघर’ (बालकवितासङ्ग्रह, २०७९) र ‘रश्मि’ (मुक्तकसङ्ग्रह,२०८०) उनका प्रकाशित कृति हुन्।
प्रकाशित: १४ माघ २०८२ १३:१५ बुधबार





