५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ : महामन्त्री घिमिरे

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्ने बताएका छन् ।  

विशेष महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि पहिलो पटक पार्टी कार्यालय सानेपामा आएर पदभार ग्रहणपछि उनले अब कांग्रेस नयाँ रूपमा रुपान्तरण भएर आएको भन्दै नेता र नेतृत्व दुवै बदलेको बताए । उनले भने, 'हामीले कांग्रेसमा अहिले नेता मात्रै हाइन, नीति नै परिवर्तन गरेर ल्याएका छौँ । युवा पुस्ताको आवाज र अपनत्व बोक्ने गरी परिवर्तन भएर आएका छौँ । पार्टीलाई नवीकरण गर्यौं ।'  

विशेष महाधिवेशनले नयाँ पुस्ताको भावना, चाहना र  जनतासँग अझै घनिष्ट भएर काम गर्ने अवसर दिएको बताउँदै उनले देशलाई सही दिशामा मार्ग निर्देश गरेको सुनाए।  

उनले कांग्रेसको गौरवलाई अक्षुण्ण राख्दै  जनतामा पुनर्जागरणको थालनी गरेको र यसले निर्वाचनमा पनि प्रभाव पार्ने बताए । उनले भने, 'कांग्रेसको इतिहास र गौरवलाई जोगाउँदै नयाँ पुनर्जागरण भएको छ भने यसले आम मतदाताको निराशालाई आशामा बदलिएको छ। कांग्रेसमा पुनर्जागरणको ऊर्जा पैदा भएको छ। यसले धेरै ठूला उपलब्धिहरू दिलाउनेछ र देश अनि जनता लाभान्वित हुन्छन्।'

महामन्त्री घिमिरेले जेन-जी पुस्ता नेपालीको हरेक घरमा रहेको र यसले नेपाली इतिहासमा परिवर्तनका लागि ठूलो त्याग गरेको भन्दै उनीहरू नै भविष्यको नेपाल भएको बताए । उनले जेन-जीका मागहरू जायज भएकाले नै भदौ २३ र २४ गते यो उथलपुथल भएको र राजनीतिक सुशासन कायम राख्ने कुरालाई गम्भीरतापुर्वक पार्टीले लिएको बताए । 'ुजेनजी विद्रोहको  उद्देश्य  देशमा सुशासन कायम, भ्रष्टाचार निर्मुल र सामाजिक सञ्जाल चल्न दिनु नै  थियो । यी सबै माग र मुद्दालाई नेपाली कांग्रेसले बोकेर अगाडि बढेको छ,' उनले भने ।  

महामन्त्री घिमिरेले सबै उम्मेदवारलाई जनतासँग सजीव सम्बन्ध राख्न, हरेक जनताको घरमा घरदैलोमा जान, उनीहरूको समस्या सुन्न आग्रह गरे ।  उनले भने, 'सबै उम्मेदवारलाई जनताको कुरा सुन्न उनीहरूको घरदैलोमा गइ सजीव सम्बन्ध स्थापित गर्न आग्रह सबै उम्मेदवारसँग आग्रह गर्दछु। साथै कांग्रेस अहिले नीति र नेतृत्व बदलेर आएको कुरा राख्न, जनता नै देशको भविष्य भएकाले उनीहरूलाई आत्मनिर्भर बन्न र देशलाई बनाउन आएको कुरा राख्न सबै मतदाता बुझाउन आग्रह गर्दछु।'

प्रकाशित: १ फाल्गुन २०८२ १३:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App