१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस गरिएको छ।  

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनसम्बन्धी प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्।  

सो अवसरमा निर्वाचन आयोगका आयुक्तद्वय सगुनशमशेर जबरा र डा. जानकीकुमारी तुलाधर, आयोगका सचिव कृष्णबहादुर राउतलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। 

प्रकाशित: १४ माघ २०८२ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App