२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग संसदीय सुनुवाइ समितिमा आज सवाल-जवाफ

प्रधानन्यायाधीशमा  प्रस्तावित हरिकृष्ण कार्कीमाथि आज संसदीय सुनुवाइ समितिमा सवाल जवाफ हुँदैछ। बिहिबार सिंहदरबारमा बसेको समितिको बैठकले उनलाई प्रश्न सोध्ने र जवाफ माग्ने  कार्यक्रम शुक्रबार (आज)लाई सारेको थियो।  

सुनुवाइको कार्यक्रम आज बिहान ८ बजे बस्ने बैठकमा गरिने समितिका सभापति पशुपतिशमशेर जबराले जानकारी दिए। बुधबार समितिले उजुरीकर्तासँग छलफल गरेपछि बिहिबार सुनुवाइ तोकिएको थियो। सुनुवाइका क्रममा कार्कीले हिजो आफ्नो कार्ययोजना  र योग्यता प्रस्तुत गरेका थिए।  

कामु प्रधानन्यायाधीश कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्बाट नयाँ प्रधानन्यायाधीशका लागि सिफारिस भएका थिए। कामु प्रधानन्यायाधीस कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।

प्रकाशित: १ असार २०८० ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App