४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभामुखले संसदीय प्रणाली बाहिर गएर संसद चलाएः सांसद पौडेल

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सभामुखले प्रतिनिधि सभा बैठकलाई संसदीय प्रक्रियाभन्दा बाहिर गएर चलाएको बताएका छन्।

सोमवार प्रतिनिधि सभा बैठकपछि न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद पौडेलले प्रधानमन्त्रीको सम्बोधनपछि प्रमुख प्रतिपक्ष दलका नेतालाई सम्बोधन गर्न दिनु संसदीय प्रक्रिया र स्थापित मूल्य, मान्यता बाहिर भएको बताएका हुन्।

उनले प्रधानमन्त्रीको कुरालाई खण्डन गर्न सभामुखले तत्कालै प्रतिपक्ष दलका नेतालाई समय दिनु संसदीय प्रणाली र प्रक्रिया विपरित भएको बताए। उनले सभामुख प्रक्रियाभन्दा बाहिर जानु शोभनिय नभएको उल्लेख गरे।

उनले सभामुखले संसदलाई रिपोटर्स क्लव जसरी उत्ताउलो र भद्दा तरिकाले चलाएको टिप्पणी गरे।

प्रकाशित: २२ जेष्ठ २०८० १४:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App