प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ।
सभामुख देवराज घिमिरेद्धारा प्रस्तुत शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। पूर्वसांसद टिवडेवालको धुम्बाराहीस्थित हेम्स अस्पतालमा उपचारको क्रममा गत वर्ष चैत २२ गते असामयिक निधन भएको थियो।
उनी राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालबाट विसं २०७० को संविधानसभामा समानुपातिक सदस्य निर्वाचित भएका थिए। पूर्वसांसद एवं राज्यमन्त्री पाण्डेको ७२ वर्षीयाको उमेरमा गत मङ्गलबार असामयिक निधन भएको थियो। नेपाली कांग्रेसबाट विसं २०४८/५१ मा प्रतिनिधिसभा सदस्य, २०६४ सालको संविधानसभा निर्वाचन, २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यमा निर्वाचित भएका थिए। उनी पूर्वमहिला, बालबालिका तथा समाज कल्याण राज्यमन्त्री पनि हुन्।
प्रतिनिसभाको अर्को बैठक जेठ २३ गते मङ्गलबार बिहान ११ बजे बस्नेछ। बैठकमा आव २०८०/८१ को राजस्वको आयव्ययको वार्षिक अनुमान ९बजेट० माथिको छलफल आगामी बैठकमा जारी रहने सभामुख घिमिरेले जानकारी दिए।
प्रकाशित: २२ जेष्ठ २०८० २०:२३ सोमबार