३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

एनभिए च्याम्पियनसिप : पुलिस क्लब सेमिफामइनलमा

काठमाडौंमा जारी नवौँ महिला तथा पुरुष एनभिए भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको छ।

बिहीबार दिनको दोस्रो खेल अन्तर्गत राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कर्भडहलमा भएको खेलमा कोशी प्रदेश भलिबलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले सेमिफाइनलमा आफ्नो स्थान बनाएको हो।

पुलिसले २५- १९ , २५- १७, र २५- १८ ले कोशीलाई पराजित गरेर खेल जितेको हो। यसअघि भएको पहिलो खेलमा टिपटप हेल्प नेपाल बूढानीलकण्ठलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ।

प्रकाशित: १७ पुस २०८२ १३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App