१६ चैत्र २०८० शुक्रबार
राजनीति

बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश भएको सत्य भए रास्वपाले विरोध गर्छ: डा.वाग्ले

फाइल तस्बिर।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएको सत्य भए राष्ट्रिय स्वतन्त्र पार्टीले विरोध गर्ने बताएका छन्।

सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै डा.वाग्लले यस्तो बताएका हुन्।

उनले चालु आर्थिक वर्षको जस्तै बजेटमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय सत्य नहोस् भन्ने अपेक्षा रहेको उल्लेख गरे। उनले करका दरमा नीति भ्रष्टाचार हुन नहुने बताए।

उनले यदी करका दरमा गत वर्षको जस्तो भएको सत्य भए संसदमा गम्भिर रुपमा उठाउने बताए।  

अर्थमन्त्रीले करका विषयमा धेरै कुरा नबोले पनि करका विषयमा धेरै विवादहरु आएको उनको भनाइ थियो। उनले करका दर हेरफेर गत वर्षको नीति परिवर्तन नगरेका गुनासोहरु पनि आउन थालेको बताए।

प्रकाशित: २२ जेष्ठ २०८० १४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App