१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको प्रश्न: नागरिकता विधेयक दराजमै थन्किएको भए संविधानको रक्षा हुथ्यो ?

प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकता विधेयक दराजमै थन्किएर बसेको भए संविधानको रक्षा हुथ्यो भन्दै संसदमा  प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संसदबाट दुई पटक पारित भएको नागरिकता विधेयक दराजमै थन्काएर राख्दा संविधानको रक्षा हुन्छ भन्दै प्रश्न गरेका हुन्।

उनले भने,'हामीले प्रतिनिधि र राष्ट्रियसभाबाट विधेयक पारित गरेर पठायौँ, फेरि दराजमा गएर थन्कियो भने हाम्रो हालत के हुन्छ? हाम्रो लोकतन्त्रको भविष्य के हुन्छ ? हाम्रो यो संविधानको भविष्य के हुन्छ ? हाम्रो नजिर कस्तो बस्छ? सबैले गहिरोसँग विचार गरौँ त।'

प्रकाशित: २२ जेष्ठ २०८० ०९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App