२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

चौधरीको मुद्दा लगातार ‘हेर्न नभ्याइने’ मा

गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर जेलबाट छुटेका रेशमलाल चौधरीविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दुई दिनसम्म हेर्न नभ्याइनेमा परेको छ। गत मंगलबार दर्ता भएको रिट निवेदन बुधबार र सोमबार नै ‘हेर्न नभ्याइने’मा परेको हो।

चौधरीविरुछको मुद्दा सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा र बुधबार आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको थियो। अन्य मुद्दाको चापका कारण पछाडि परेकाले चौधरीविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको हो। टीकापुर घटनामा चौधरी कसुरदार भएको ठहर गरी अदालतले जन्मकैद सजाय तोकेको थियो। सरकारले चौधरीको जन्मकैद सजाय माफी मिनाहा गरेपछि त्यसविरुद्ध टीकापुर घटनाका पीडितले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

गणतन्त्र दिवसका अवसरमा कैद माफी मिनाहा भएर जेलबाट छुटेका रेशमलाल चौधरीविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दुई दिनसम्म हेर्न नभ्याइनेमा परेको छ।

सरकारले सजाय माफी मिनाहा गरेका चौधरीलगायत गत सोमबार जेलबाट छुटिसकेका छन्। चौधरी जेलबाट छुटिसकेपछि सर्वोच्चले रिट निवेदन दर्ता गरेको हो। सरकारको निर्णयविरुद्ध टीकापुर घटनाका पीडित शारदा कडायत बोहोरालगायतले रिट दर्ता गराएका हुन्। कडायत टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी हुन्।

टीकापुर घटनामा कसुरदार ठहर भएपछि चौधरीलाई जिल्ला, उच्च र सर्वोच्च गरी तीन तहका अदालतले जन्मकैद सजाय सुनाएका थिए। सरकारले सजाय माफी मिनाहा नगरेको भए अदालतको फैसलाअनुसार चौधरी २०९४ साल फागुन १३ गतेसम्म थुनामा रहनुपर्ने थियो। सरकारले राजनीतिक लाभका लागि साढे ५ वर्ष मात्र कैद भुक्तान गरेका चौधरीको सजाय माफी मिनाहा गरेको हो।

सरकारले सजाय माफी मिनाहा गरेका चौधरीलगायत गत सोमबार जेलबाट छुटिसकेका छन्। चौधरी जेलबाट छुटिसकेपछि सर्वोच्चले रिट निवेदन दर्ता गरेको हो।

२०७२ साल भदौ २७ गते कैलालीको टीकापुरमा थरुहट आन्दोलनका क्रममा एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मी गरी ८ जनाको ज्यान गएको थियो। त्यस घटनामा चौधरीको मुख्य हात रहेको दाबी गर्दै उनीविरुद्ध मुद्दा दर्ता भएको थियो।

टीकापुर घटनामा सुरक्षाकर्मीतर्फ प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरू बलराम विष्ट र केशव बोहोरा, हबल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हबल्दार ललित साउद, सहायक हबल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए।

प्रकाशित: २२ जेष्ठ २०८० ०४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App