सरकारको प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएपछि सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथि सांसदहरुले राखेको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए ।
त्यस क्रममा सत्तारुढ सांसदहरुले आफ्नो संशोधन प्रस्ताव फिर्ता लिए भने एमालेसहित विपक्षी दलका सांसदहरुले राखेको संशोधन प्रस्ताप बहुमतले अस्वीकृत भएको थियो । नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्दा सत्तारुढ गठबन्धनका सांसदहरुले समर्थन गरेपछि बहुमतले पारित भएको हो।
यस अघि राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा पेश गरेका थिए । त्यसपछि प्रतिनिधिसभा र राष्ट्रियसभामा बैठकमा सरकारको प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमछुट्टाछुट्टै छलफल भएको थियो।
राष्ट्रियसभाबाट भने नीति तथा कार्यक्रम ९ जेठमा नै पारित भईसकेको छ।
प्रकाशित: १३ जेष्ठ २०८० २१:५८ शनिबार