coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पशुपतिको जलहरीको विषयमा प्रधानमन्त्रीले आजै छानबिन गर्नुपर्छ: ज्ञानबहादुर शाही

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गरेका छन्।

शुक्रवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले आजै छानबिन समिति गठन गर्नुपर्ने बताएका हुन्।

उनले भने ‘त्यो सुन हो कि पित्तल हो भन्नेकुरा सरकारले छानबिन समिति गठन गर्नुपर्छ। र सरकारले आजै जवाफ दिनुपर्छ। हाम्रो धारणा के हो भने समिति गठन हुनुप¥यो। यो विषयवस्तु टुंगिएको छैन, यो विषयवस्तु तबमात्र टुंगिन्छ वास्तवमा सुन हो कि पित्तल हो त्यो सरकारले जवाफ दिनुपर्छ। समिति गठन गरेर हुन्छ कि संवैधानिक आयोग गठन गरेर हुन्छ कि ? अख्तियारलाई सक्रिय गराएर हुन्छ कि ? धार्मिक आस्था माथिको प्रहार पनि हो। सरकारले भोलि छानबिन गरौँला भनेर हामी मान्दैनौँ । प्रधानमन्त्रीले आज नै छानबिन गर्नुपर्छ।’

उनले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्था माथि प्रहार भएको पनि बताए।

प्रकाशित: १२ जेष्ठ २०८० १०:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App