१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाबाट सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ।

राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। 

बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले नीति कार्यक्रममाथि सांसदले राखेका जिज्ञासाको जवाफ दिएका थिए। राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ।

प्रकाशित: ९ जेष्ठ २०८० १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App