१५ चैत्र २०८० बिहीबार
राजनीति

एमाले लहान नगर पार्टी कार्यालय तोडफोड, कागजपत्र आगजनी

अागजनी गर्दै मोर्चा कार्यकर्ता। तस्विरः मिथिलेश

लहान- सिरहाको लहान-१ स्थित नेकपा एमालेको लहान नगर पार्टी कार्यालयमा मधेसी मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन्। उनीहरुले कार्यालयभित्र रहेका फर्निचर र कागजपत्र सडकमा ल्याएर आगजनीसमेत गरेका छन्।

सोमबार सप्तरीमा प्रहरीको गोली लागेर तीन जनाको मृत्यु भएपछि सिरहा मधेसी मोर्चाका कार्यकर्ता आक्रोशित छन्। मोर्चाले अाह्वान गरेको बन्दका  कारण मंगलबार बिहानदेखि सवारीसाधन चल्न सकेको छैन।

मोर्चाका कार्यकर्ताहरुले एमालेविरुद्ध नाराबाजीसमेत गरिरहेका छन्।

प्रकाशित: २४ फाल्गुन २०७३ ०५:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App