३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीलाई सोध्न तयार पारिएका प्रश्नहरु कसले ‘आउट’ गर्‍यो: सांसद पन्त

फाइल तस्बिर

नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सोध्न तयार पारेका प्रश्नहरुका ‘आउट’ भएको भन्दै आपत्ति जनाएका छन्।

उनले बिहीबारको प्रधानमन्त्री दाहाललाई प्रश्न सोध्नुपूर्व नै भने, ‘मैले प्रधानमन्त्रीलाई सोध्न तयार पारेका प्रश्नहरु कसले आउट गर्र्यो? सांसदहरुले नसोध्दै ती प्रश्नहरु अखबार र संचार माध्यममा आउनु राम्रो भएन। यसपटक जे भएपनि अर्को पटक यस्तो नहोस भनेर संसदको ध्यानाकर्षण गराउँदछु।’ सांसद पन्तले संसद भित्रको प्रश्न हाइस्कूल र एसएलसीको जस्तो ‘आउट’ हुन नहुने बताए।

प्रधानमन्त्री दाहालले पनि यसको संक्षिप्त उत्तर दिदै भने, ‘अलि अघि मेरो कार्यकक्षमा पनि यसमा बिषयमा हाँसोठट्टा भयो। सांसदहरुले तयार पारेको प्रश्न त आउट भएछ। मेरो जवाफ आउट भएछ की नाई? भएको रहेछ भने त मैले आज जवाफ दिन पर्दैन।’

प्रकाशित: ४ जेष्ठ २०८० ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App