१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

शरणार्थी मुद्दामा पार्टीको गरिमामाआँच पुग्याे:शेखर कोइराला

फाईल तस्बिर

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरुको नाम जोडिनुले पार्टीको गरिमामा आँच आएको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्ता कुरा बताएका हुन।उनले नक्कली भुटानी शरणार्थीको मुद्दा अन्तर्राष्ट्रिय विषय बनेको र यसलाई ढाकछोप गर्नु नहुने बताए।

नेता कोइरालाले काँग्रेस पार्टीको नेताहरु नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिनुले काँग्रेसको गरिमामा आँच आएको बताउनु भयो।उहाँले नक्कली भुटानी शरणार्थी प्रकरण लज्जास्पद र राष्ट्रघाती काम भएको धारणा राखे ।उनले कुनै बहानामा कसैले पनि गलत काम गरेको भए कारबाही हुनुपर्ने बताए।उनले देशको नागरिकलाई अनागरिक बनाई मानव बेचबिखन गरेर विदेश पठाइदिने काम लज्जाको विषय भएको धारणा राखे। 

त्यसैगरी नेता कोइरालाले देशको अर्थतन्त्र दयनीय रहेको बताए।उनले मिश्रित निर्वाचन प्रणालीले कसैको बहुमत नआउने भएकाले निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको बताए।

प्रकाशित: ३ जेष्ठ २०८० ०८:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App