३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग

राष्ट्रिय सभाको बैठकमा सांसदले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।

बुधबारको बैठकमा सांसद विमला राई पौड्यालले भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाको बारेमा सरकारले सदनमा जानकारी गराउन माग गरेकी हुन्। राष्ट्रपतिलाई दश दिनदेखि भारतमा उपचार गराइरहेको भन्ने सुनिएको तर, सरकारले आधिकारिक जानकारी नदिएको उनले बताइन्।

राष्ट्रिय सभाको बैठकमा सांसदले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन माग गरेका छन्।

राष्ट्रपतिलाई उपचारका लागि किन विदेश लैजानुपर्ने भएको हो भन्ने सदनमा जानकारी गराउन उनले माग गरिन्। ‘हाम्रो देशको राष्ट्रपतिज्यू करिब १० दिनदेखि भारतमा उपचार गरिराख्नुभएको छ, बिरामी हुनुहुन्छ भन्ने हामीले सुनेका छौं। तर सरकारबाट यसको आधिकारिकता के भएको हो उहाँलाई? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुन्नथ्यो? उहाँको सुधार कस्तो भइराखेको छ? यो विषयमा सरकारले सदनमा जानकारी गराउनुपर्छ,’ उनले वीर अस्पतालको भीभीआइपीका उपचारका लागि राखिएको कक्षमा धुलो लागेपनि मुलुकका भिभिआइपी धेरैजसो बाहिरै गएर उपचार गराइरहेको उनले बताइन्।

‘कुनकुन रोगको नेपालमा उपचार हुँदैन? र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्छ,’ उनले भनिन्।

अझै केही रिपोर्ट आउँदै

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यसम्बन्धी केहि परीक्षणको रिपोर्ट आउन अझै बाँकी रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपतिको सचिवालयले जनाएको छ।

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार राष्ट्रपति पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको पनि जनाइएको छ। ‘चिकित्सकहरूका अनुसार राष्ट्रपतिको स्वास्थ्य अवस्था क्रमिकरूपले सुधारोन्मुख छ,’ बुधबार पौडेलको सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकहरूको सुझावअनुसार भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको सर्वविदितै छ।’

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यसम्बन्धी केहि परीक्षणको रिपोर्ट आउन अझै बाँकी रहेको चिकित्सकहरूलाई उद्धृत गर्दै राष्ट्रपतिको सचिवालयले जनाएको छ।

नेपाल सरकारको निर्णयअनुसार राष्ट्रपतिको उपचार कानुन, नियम र निश्चित विधिअनुसार भइरहेको सचिवाले दाबी गरेको छ।

प्रकाशित: १४ वैशाख २०८० ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App