१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मुलुकलाई राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी छ: नेता कोइराला

फाइल तस्बिर।

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकलाई आर्थिक र राजनीतिक अराजकताबाट बाहिर निकाल्नु जरुरी रहेको बताएका छन्।

विराटनगर–११ स्थित ज्येष्ठ नागरिक वडा समितिले आयोजना गरेको कार्यक्रममा उनले अहिले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अराजकता बढ्दै गएको उल्लेख गर्दै भने, “यी सबै अराजकताबाट बाहिर निकाल्न सके मात्रै मुलुक सही बाटोबाट अगाडि बढ्नेछ।”

नेता कोइरालाले आर्थिकरूपमा समेत मुलुक अत्यन्तै कठिन अवस्थामा पुगेको भन्दै हरेक क्षेत्रमा अराजकता बढ्दै गए मुलुक असफल राष्ट्र हुनसक्ने चिन्ता व्यक्त गरे। उनले ज्येष्ठ नागरिकले समाजको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोसमेत चर्चा गर्दै ज्येष्ठ नागरिकको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने जोड दिए।

कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केदार कार्कीले पुस्तान्तरण भएमात्रै ज्येष्ठ नागरिकका ज्ञान, अनुभव र सीप नयाँ पुस्ताले ग्रहण गर्ने उल्लेख गरे। विराटनगर महानगरपालिकाका पूर्वप्रमुख एवं प्रदेशसभा सदस्य भीम पराजुलीले अहिले ज्येष्ठ नागरिकले सन्तान र आफन्तबाटै अपहेलित हुनुपरेको गुनासो पोखे।

विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले समाजसेवी चिरञ्जीवी दाहालले निःशुल्क आठ धुर जग्गा दिएपछि भवन निर्माणको बाटो खुलेको जानकारी दिए। उनले भवनको अर्को तला थपेर सङ्ग्रहालय र पुस्तकालय निर्माण गर्ने योजना सुनाए।

प्रकाशित: १३ वैशाख २०८० १३:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App