१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एक सांसदले अर्का सांसदलाई अपराधी भनेपछि...

प्रतिनिधिसभाको बुधबारको बैठकमा एक सांसदले अर्को सांसदलाई अपराधी भनेपछि रेकर्डबाट हटाउन माग भएको छ। नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले ८ सय ७ जना नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भन्दै ठक्नेलाई अपराधी भनेका थिए।

उनले १० लाखदेखि ५० लाखसम्म पैसा पूर्व गृहमन्त्री रामबहादुर थापा, उहाँको सुरक्षा सल्लाहकार इन्द्रजित राई, एमाले नेता टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी समेतको नाम आएको बताए। उनले भने, ‘पत्रपत्रिकाले डेढ करोडको चेक काटिदिएको प्रष्टै छापिदिएका छन, यस्तो खालको जघन्य अपराधपूर्ण काम भएको छ।’

यी सबै अपराधीहरूलाई कडाइका साथ कारबाही गर्ने गरी सरकारले तत्काल छानबिन गरोस।’ उनले अपराधीलाई कारबाही गर्न भनेपछि एमाले प्रमुख सचेतक पदम गिरीले पत्रपत्रिकाले अपराधी बनाएको भरमा एउटा सांसदले अर्को सांसदलाई अपराधी भनेको भन्दै आपत्ति जनाए। उनले यो शब्द रेकर्डबाट हटाउन माग गरे।

तर पाण्डेले प्रतिवाद गर्दै भने, ‘सांसद फलानालाई कारबाही गरियोस भनेको छैन, अपराधीलाई कारबाही गर्न भनेको छु, अपराधी छन भने सांसद पनि कारबाहीमा पर्नुपर्छ। मेरो भनाइ यत्ति मात्रै हो।’ उनले प्रतिवाद गरेपछि सभामुखबाट यो विषय रेकर्डबाट हटाउने आदेश भएन।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी नागरिकहरूले नेपालमा पार्टी खोलेर सञ्चालन गर्न थालिसकेका बताएको छन। बुधबार संसद बैठकपछि बाहिर निश्कने क्रममा पत्रकारसँग बोल्दै अध्यक्ष केसीले भने, विदेशीहरूको हस्तक्षेप खुलेआम बढेको छ, विदेशीहरूले नेपालमा पार्टी नै खोलेर सञ्चालन गर्न थालिसकेका छन।’

नेपालमा विदेशी हस्ताक्षेप बढा देशको राष्ट्रियता, सार्वभौमता र अखण्डता संकटमा परेको उनले बताए। ५०–६० वर्षदेखि स्थापित पार्टीहरू बदनाम भएर गएको उनले बताए।

बदनाम हुनुको पछाडी जनताको कमजोरी होइन, उनैका कमजोरीका कारणले जनतामा उनीहरू नांगिएको उनले बताए। नेपालको नागरिकता नै नभएको मान्छेलाई सांसद बनाउने, नेपालको नागरिकता नै नभएको मान्छेलाई गृहमन्त्री बनाउने काम सरकारले गरेको उनले बताए। 

प्रकाशित: ३० चैत्र २०७९ ०१:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App