२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जहाजकाे पाँग्रा मागेर चलाउनुपर्ने स्थिति दु:खद्: नेता पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले नेपाल वायुसेवा निगमले आफूलाई अझै विश्वसनीय बनाउन नसकेको बताएका छन्।

नेपाल वायुसेवा निगम कर्मचारी संघको नवौं केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। नेता पौडेलले वायुसेवा निगमका जहाजहरु अझै पनि तोकिएको समयमा नउड्नाले आम नागरिकहरूमा धेरै समस्या देखिएको उल्लेख गरे।

उनले अझै पनि नेपाल एयरलाइन्सको टिकट काट्ने भनेको फुर्सद हुने मानिसहरुले मात्रै हो भन्ने भाष्य समाजमा स्थापित रहेको बताए। नेता पौडेलले नेपाल वायुसेवा निगमका जहाजमा धेरै प्राविधिक समस्या आउने, पाँग्रा मागेर चलाउनुपर्ने र एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल बोलाउन नसक्ने स्थिति रहेको भन्दै यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए।

उनले नेपाल एयरलाइन्सलाई व्यवस्थित रुपमा सञ्चालन गर्न जरुरी रहेको उल्लेख गरे। सरकारले पनि नपाल वायुसेवा निगम व्यवस्थापन गर्न आवश्यक कमदम चाल्न नसकेको उनको गुनासा थियो।

उनले भने, ‘आज प्रतिष्पर्धात्मक यो बजारमा यसले आफूलाई विश्वसनिय बनाउन सकेको छैन। ठ्याक्कै व्यवहारिक ढंगबाट भन्दा नेपाल एयरलाइन्सका जहाजहरु तोकिएको समयमा कमै उड्छन्। अहिले त कस्तो छ भने नेपाल एयरलाइन्सको टिकट काट्यो भने फाइभ स्टार होटलमा बस्न पाइन्छ। धेरै हतार नभएका मान्छेहरुले मात्रै यो टिकट काट्ने परिस्थिति हो की जस्तो देखिन्छ। त्यसैले यसलाई व्यवस्थित ढंगबाट, पाँग्रा मागेर चलाउनुपर्ने, त्यसको टेक्निकल पार्ट म बुझ्दिन, एउटा पाइलटको विकल्पमा अर्को पाइलट तत्काल निकाल्न नसक्ने, यहीँ नेपालका शहरमा नै समयमा जहाज उड्न नसक्ने, यी कुरालाई व्यवस्थित ढंगबाट अघि बढाउन जरुरी छ। यसको व्यवस्थापन पक्षमा धेरै त्रुटीहरु देखिन्छ। सरकारले यसलाई व्यवस्थापन गर्ने पक्षमा काम गर्न पनि सकेको छैन, मन्त्री आउँछ, यति मान्छे नियुक्ति गर् भन्छ, सित्तैमा टिकट दे लगायतका गगिविधि र समस्याहरु भएका छन्। कसैले संस्थाको अहीतमा निर्देशन गर्छ भने त्यसमा नमान्नुस्। माथिदेखि तलसम्म सुधार गर्नुपर्ने धेरै विषय छन्, इच्छाशक्ति हामीमा चाहिन्छ।’

सांसद पौडेलले श्रमजीविका खास समस्या सम्बोधन गर्न अझै नसकिएको जिकिर गरे। उनले अहिलेसम्म पनि नेपाली समाज श्रमजीविलाई सम्मान गर्नसक्ने स्थितिमा नरहेको बताए।

प्रकाशित: २२ चैत्र २०७९ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App