२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

बारालाई आर्थिक रूपले चम्काउन मेरो उम्मेदवारी: उपेन्द्र यादव

मुख्य निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउँदै जसपा अध्यक्ष उपेन्द्र यादव।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा जिल्ला राजनितिक रुपमा देशैभर चम्की रहेको उल्लेख गर्दै यसलाई आर्थिक रुपमा पनि चम्काउन आफूले उम्मेदवारी दिएको बताएका छन्।

ऐतिहासिक र सांस्कृतिक रूपले देशकै अग्रिम स्थानमा रहेको सिम्रौनगढ , गढीमाई मन्दिरको विकास गरेर जिल्लालाई आर्थिक रूपले बलियो बनाउनको आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

मुख्य निर्वाचनको कार्यालयमा उम्मेदवारी दर्ता गराए पछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेता यादवले क्षेत्रका मतदाताहरूको आग्रह र पाँच दलीय गठबन्धनको निर्णयले आफू बारा –२ मा चुनाव लड्न आएको बताए।

यस क्षेत्रका जनताको आधारभूत विकासको लागि आफूले सधैँ सहयोग गरी रहने उनको भनाइ छ।

देशमा पहिला मधेशीया, धोती भनेर हेप्ने कार्यलाई अन्त्य गर्नको लागि प्रदेशको नाम मधेश प्रदेश नै घोषणा गराएर मधेसी समुदायहरूको मान सम्मान बढाउने कार्य गरिएको उनले बताए।

नेपालको नागरिक देशको कुनै पनि क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार बन्न सकिने व्यवस्था रहेकोले कसैलाई पनि बाहिरी उम्मेदवार भन्न नमिल्ने यादवले स्पष्ट पारे। यस क्षेत्रका मतदाताहरुले उनीसँगको भेटमा आफूलाई नै विजयी गराएरै छाडने प्रतिबद्धता गर्ने गरेको यादवले सुनाए।

बारा – २ का मतदाताहरू आफूलाई विजयी बनाउनको लागि हर्षित रहेको उनको दाबी थियो। देशमा राजनीतिक स्थिरता, लोकतन्त्रको रक्षा, संघिय गणतन्त्रलाई कार्यान्वयन गर्ने, सुशासन, विकासको लागि पाँच दलीय गठबन्धन आवश्यक रहेको नेता यादवले बताए।

प्रकाशित: २० चैत्र २०७९ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App